• बैशाख १७ २०८२, बुधबार

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो

माघ १२ २०७८, बुधबार

काठमाडौँ। नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार  विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

सार्वजनिक विवरणानुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

विभागका अनुसार जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ रहेको छ।

१० वर्षअघिको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।