जुम्ला । कर्णाली प्रदेशमा ३ सय ४८ जना प्रहरी पुरस्कृत र १ सय ५८ जनालाई सजाय गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सार्वजानिक गरेको अर्ध वार्षिक प्रगति प्रतिवेदनमा जनाइए अनुसार प्रदेशमा ३ सय ४८ प्रहरी पुरस्कृत भएका हुन् ।
यस्तै विभिन्न निकायहरुको समन्वयमा विभिन्न स्थानमा ४४ थान सिसिटिभी जडान तथा ४० वटा मर्मत गरी कुल २४५ स्थानमा सिसिटिभीको व्यवस्था गरिएको छ । अवैध हातहतियार २४ नाल बरामद र १५ जना पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए ।
‘६ महिनामा अवैध घरेलु मदिरा २२ हजार १९८ लिटर बरामद गरी नष्ट गरेका छौँ । अवैध रुपमा जुवा तास खेल्ने ११ स्थानबाट ८४ जनालाई पक्राउ गरी कारवाही गरिएको छ’ उनले भने ।