• मंसिर ११ २०८१, मंगलवार

मल कारखाना खोलौं,सरकार सहयोग गर्न तयार छ : प्रधानमन्त्री देउवा

माघ ११ २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज अफगानिस्तानमा खाद्यान्न सहयोग दिएर फर्किएकाहरुले भेटघाट गरेका छन् ।

भेटमा प्रधानमन्त्री देउवाले खाद्य संकट विश्वभर बढिरहेको विषयबारे बोल्दै खाद्य संकटसँग जुध्न उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

उनले उत्पादन बढाउन मलको सहज र सुलभ आपूर्तिको विषय उठाए । देशमा मल कारखाना नहुँदा वर्षेनी आउने समस्याबारे उल्लेख गर्दै भने,‘ अहिले फर्टिलाइजर प्रायोरिटीको कुरा आएको छ । यहाँ यो उद्दोग खोल्नुहोस् ।’ मल कारखाना खोलेमा सरकार सहयोग गर्न प्रतिवद्ध रहेको बताए । उनले उद्योग खोल्न सरकार सहयोग गर्न तयार रहेको बताए ।

मलमा ठूलो आर्थिक चलखेल पनि हुनेगरेको खुल्दै आएको छ । मल आयातमा भएका भ्रष्टाचारको मुद्दाहरु अदालतमा विचाराधीन छन् । अर्कोतर्फ, किसानले समयमै मल नपाउँदा उत्पादनमा असर गर्दै आएको छ ।