• बैशाख १७ २०८२, बुधबार

भिजिट भिसाको दूरुपयोग नगर्नु : गृहमन्त्री खाँण

माघ ११ २०७८, मंगलवार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन्।

गृहमन्त्री खाणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसामा गएर त्यसको दूरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए ।

त्यस अवसरमा उनले गृहमन्त्री खाणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए ।

उनले बैदेशिक रोजगारीमा गएकाहरु ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरुको उद्दारमा पनि सरकारले गम्भिरतापूर्वक लाग्नुपर्ने बताए ।