• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

माघ ११ २०७८, मंगलवार

काठमाडौँ। देशभर थप १२ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार १०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ हजार ४३२ जना र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५७६ जनामा गरी जम्मा १२००८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २५ हजार ९०९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६० लाख ९० हजार ८५४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ ।