काठमाडौँ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विवादास्पद मेडिकल शिक्षाका व्यापारी सुनिल शर्माको कलेज, काठमाडौँ मेडिकल कलेजमा तोडफोड गरेका छन्।
क्रान्तिकारी विद्यार्थी कार्यकर्ताहरुले भक्तपुरको दुवाकोटमा अवस्थित सुनिल शर्माको मेडिकल कलेजमा मंगलबार दिउसो नारावाजी गर्दै इट्टा र ढुंगा प्रहार गरेर तोडफोड गरेका हुन्।
प्रदर्शनको क्रममा उनीहरुले ‘सुनिल शर्मा मुर्दावाद’, ‘दलालहरु होसियार’, ‘सुनिल शर्मा देश छोड’, ‘राष्ट्रघातीहरु मुर्दावाद’, ‘मेडिकल माफिया मुर्दावाद’ लगायतका नारा लगाएका थिए। मेडिकल कलेज तोडफोड गरेको भिडियो क्रान्तिकारीका नेताहरुले आफ्नो सामाजिक संजालबाट साझा गरेका छन्।