काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भोलि (मंगलबार)देखि पुन: सञ्चालनमा आउने भएको छ ।
अस्पतालले आज (सोमबार) विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन हुने भएकोले स्थगित खोप अभियान पुनः सञ्चालन हुने जनाएको छ ।
अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट सङ्क्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको थियो ।