• असार १८ २०८१, सोमबार

पाकिस्तानको इतिहासमै पहिलो महिला न्यायाधीश बनिन् आयशा मलिक

माघ १० २०७८, सोमबार

काठमाडौँ । महिलाले गरेका प्रगतीहरुको इतिहासमा नयाँ किर्तिमानी रच्दै पाकिस्तानमा एक महिला त्यहाँको सर्वोच्च अदालतको न्यायाधीश बन्न सफल भएकी छिन् । पाकिस्तान वार काउन्सिलले उनको विपक्षमा आन्दोलन गरेर विरोध गर्दागर्दै पनि उनी गत बिहिबार पाकिस्तानको न्यायसेवा आयोग (जेसिपी)ले न्यायाधीश आयसा मलिकलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको थियो ।

जेसिपीको सिफारिसको आधारमा न्यायाधीश आयसा मलिकले सोमबार सर्चोच्च अदालतको न्यायाधीशमा सपथ खाएर इतिहास कोरेकी हुन् । पाकिस्तान न्यायसेवा आयोगका पाँच सदस्यमध्ये चारजनाले उनको पक्षमा मतदान गरेका थिए भने एकजनाले उनको विपक्षमा । जेसिपीको बहुमतको निर्णयको आधारमा प्रधान न्यायाधीश गुल्झर अहमदले मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

aayasaa malik.justic

मलिक वरिष्ठताको हिसाबले लाहोर उच्च न्यायालयको चौथो बरियतामा रहेकी थिइन् । पाकिस्तानका सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार उनलाई सर्चोच्च अदालतमा न्यायाधीश नियुक्त हुन सजिलो थिएन । उनको विरोधमा देशभरका वकिलहरुले विरोध गरेका थिए । त्यहाँको सर्वोच्च अदालतका १७ न्यायाधीशमध्ये गत अगस्त महिनामा एकजना न्यायाधीश सेवा निवृत्त भएपछि सर्वोच्चमा एक न्यायाधीशको स्थान रिक्त भएको थियो ।