१० माघ, काठमाडौँ । बिसौँ वर्षको अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरु भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप सञ्चालनमा ल्याएको छ । जसले विद्यार्थीको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ ।
नर्सरी देखि ११ कक्षासम्मका विद्यार्थीहरुलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरुको एनिमेटेड भिडियो, पावर पोईन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रुपमा उपलब्ध गराइएको छ ।
विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मनलागेको बेला मूभि हेरेजस्तै रमाइ रमाइ हेर्दै गाह्रोभन्दा गाह्रा पाठहरु सजिलोसँग बुझ्न सक्छन् ।
यसमा भएका क्वीज तथा गेमहरु विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन् । यसरी गेम खेल्दा सहि जवाफ दिए बापत पोइन्ट र उपहारहरु पनि पाउँछन्, जसले विद्यार्थीहरुहरूलाई स्वअध्ययन गर्न र बुझेर पढ्न प्रेरित गर्छ ।
विद्यार्थीले पढ्दा केही जानेनन् भने वा गृहकार्य गर्दा उत्तर लेख्न आएन भने वा उनीहरुको केही जिज्ञासा भएमा, उनीहरुले जतिबेला पनि मिडस् एक्लासबाट शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन् । यसमा विद्यार्थीलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमा उपलब्ध हुन्छन् । यसरी शिक्षकहरु हरेक पल साथमा हुँदा विद्यार्थीलाई पढेको नबुझिएला, गृहकार्य गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर हुँदैन ।
विद्यार्थीलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास इक्लास’ मा स्वमूल्याङ्कन (Self-Assessment), मक इक्ज्याम (Mock Exam) र परिक्षा तयारी कक्षाहरूको ब्यवस्था गरिएको छ ।
विद्यार्थीको प्रतिभा उजागर गर्न र उनीहरुलाई अतिरिक्त पाठ्यक्रम गतिविधिहरू Extra Curricular Activities गराउन ‘मिदास इक्लास’ मा आर्ट, भोकल, भोइलिन्, हार्मोनियम, डान्स, ह्याण्डराइटिङ्ग, चेस क्लास आदि पनि सञ्चालन् गरिन्छ ।
विद्यार्थीहरुमा आत्मविश्वास बढाउन र उनीहरूलाई प्रतिस्पर्धी बनाउन विभिन्न विद्याहरू जस्तै साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्याण्डराइटिङ्ग, लिक्टेचर आदिमा नियमित रूपमा प्रतियोगिता गराइन्छ/पुरस्कृत गरिन्छ ।
अहिले कोभिडको कारणले घरमा बसेका विद्यार्थीहरुलाई ‘मिदास इक्लास’ ले पाठ्यक्रममा आधारित् विषयहरू पढ्न र अतिरिक्त कृयाकलापहरू गर्न झनै सजिलो बनाएको छ ।
मिदास एजुकेसन् प्रा.लिले ‘मिदास इक्लास’ का सेवाहरू विद्यार्थीले आफुलाई रजिस्टर गरेको पहिलो १५ दिनको लागि निःशुल्क उपलब्ध गराएको छ ।