काठमाडौं । नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका विभिन्न तहका आफ्ना १३ कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३ प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरीले सार्वजनिक सूचना जारी गरेको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि कार्यालयमा जानकारी नगराई अनुपस्थित रहेका प्रहरीलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो ।
आफूखुशी सम्पर्क बाहिर रहेका हबल्दारहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगलसिंह कुँवर रहेका छन् । सिंह मंसिर १९ गते र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा नरहेको सूचनामा उल्लेख छ ।
प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एसपी, दिल दीक्षित राज केसी पनि सम्पर्कमा नरहेको सो सूचनामा उल्लेख छ ।
एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले चेतावनीसमेत दिएको छ ।