जनकपुर । आइतबार मधेस प्रदेश सरकारले पुनः नेपालको आधिकारिक नक्सा राखेर राजपत्र प्रकाशित गरेको छ ।
प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भुलवश हुन गएको प्राविधिक त्रुटी सच्याइएको जानकारी सहित मन्त्रालयले पुनः राजपत्र छापेको जानकारी दिनुभयो । झाका अनुसार सबै निकायलाई मधेस प्रदेश नाम कार्यान्वयन गराउन आग्रह गर्दै सरकारले राजपत्रमा प्रकाशित गरेको हो ।
संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर दुई वर्षअघि जारी गरेको नक्सालाई नसमेटी मधेस प्रदेशको राजपत्र प्रकाशित गरेको थियो ।