काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाज्यू सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आईतबार आयोजित ‘२१औं सशस्त्र प्रहरी दिवस २०७८’ विशेष समारोहमा सरिक भएका छन्। सो अवसरमा प्रधानमन्त्री देउवाले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे।
प्रधानमन्त्री देउवाले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बल, नेपालद्वारा प्रकाशित सचित्र पुस्तक ‘‘ARMED POLICE FORCE, NEPAL’ राष्ट्रप्रेम तथा समर्पण भावले ओतप्रोत सशस्त्र प्रहरी बल, नेपालको नयाँ गितको बिद्युतिय माध्यमबाट विमोचन गरे।
प्रधानमन्त्री देउवाले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडामगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे।
प्रधानमन्त्री देउवाले उक्त विशेष समारोहमा सम्बोधनको क्रममा देश र जनताका खातिर कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गरेका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दै कर्तव्य पालनाको सिलसिलामा घाईते सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
उनले असामान्य परिस्थितिमा स्थापना भई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको व्यवसायिकता, कर्तव्य परायणता र सेवाभावको मुक्तकण्ठले प्रशंसा गरे।
प्रधानमन्त्री देउवाले आम नागरिकको सेवा र राष्ट्रको सुरक्षा तथा सीमा सुरक्षाको साथै विभिन्न तहका निर्वाचन सुरक्षा, २०७२ सालको विनासकारी महाभूकम्पमा उद्वार, बिभिन्न प्राकृतिक प्रकोप तथा विपद्हरुमा उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारी नियन्त्रण तथा डेडिकेटेड अस्पताल मार्फत संक्रमितहरुको स्वास्थ्य उपचारमा पुर्याएको योगदान, सीमा नाकामा आवतजावत नियन्त्रण तथा क्वारेन्टिन व्यवस्थापनमा सम्पादन गरेका कार्यहरु प्रशंसनीय रहेको बताए।
उनले सिमित श्रोतसाधनको बावजुद समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आएको सशस्त्र प्रहरी बल, नेपालको सांगठानिक बिकास विस्तार लगायत बृत्तिबिकासको योजना तर्जुमा गर्न गृहमन्त्रालयलाई निर्देशन दिनुहुँदै हाल देखिएका सुरक्षा चुनौतीलाई परास्त गर्दै भविष्यमा आउन सक्ने चुनौतीहरुको समेत आकलन गर्दै योजनाकासाथ कार्यसम्पादनमा जुट्न सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई त्यसैअवसरमा निर्देशन दिए।
अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, सीमा सुरक्षा, उद्वार, राहत विरतण लगायत राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा संगठन र राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै कोभिड-१९ महामारीमा अग्रपंक्तिमा रहेर तथा नेपाल एपीएफ अस्पताल मार्फत संक्रमितहरुको उपचारमा पु¥याएको योगदानले थुप्रै व्यक्तिले पुनर्जन्म पाएको स्मरण गर्नुहुँदै स्वास्थ्यकर्मी, सफाईकर्मी लगायत सम्वद्ध सबैप्रती हार्दिक आभार प्रकट गरे।
गृहमन्त्री खाडले सशस्त्र प्रहरी बल, नेपालले हर्सोल्लासका साथ मनाईरहेको २१औं सशस्त्र प्रहरी दिवसको विशेष अवसरमा सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई अझ कटिबद्ध र क्रियाशिल रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन दिए।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा नेपाल सरकारबाट निर्देशित लक्ष्य हासिल गर्न शान्ति सुरक्षा र अमनचयन कायम गरी आवश्यक सामाजिक सद्भाव बनाई राख्न र सुशासन कायम गर्न सबै सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै सशस्त्र प्रहरी बल, नेपाल अगाडी बढिरहेको उल्लेख गरे।