• असार २५ २०८१, सोमबार

हजार लिएको लघुवित्तले गर्यो करोड फिर्ता

माघ ९ २०७८, आईतवार

घोराही, ९ माघ ।
एक साँझ तत्कालीन घोराही नगरपालिकाका मेयर यज्ञबहादुर बुढाथोकी झंगवा गाउँमा जानुभयो । गत २०५२ सालमा उहाँले ग्रामिण महिला उत्थान केन्द्रलाई एक हजार रुपैयाँ अनुदान दिनुभएको थियो । त्यहि रकमले समुदायमा आयोजना गरेको सचेतना कार्यक्रम उद्घाटनमा पुग्नुभएको होे ।

‘ठूलो छाता ओढेर मेयर साब जानुभाथ्यो’ केन्द्रका अध्यक्ष आसमानी चौधरीले सम्झिंदै भन्नुभयो, ‘संस्थाको कार्यक्रमको शुरुवात त्यसैबाट भयो ।’ उहाँका अनुसार तिन दिन कार्यक्रम सञ्चालन गरियो । समूह बनाइयो । त्यसपछि महिला लघुऋण परियोजना नेपाल हुँदै संस्थाको काम अघि बढ्यो । दाङका गाउँ टोलमा पुगेर संस्थाले सचेतना फैलाउने काम गर्यो ।

अहिले केन्द्र मातृ संस्था बनेको छ । त्यसले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था घोराही–१५ सञ्चालनमा ल्याएको छ । त्यसमा एक लाख देखि साढे ३२ लाख सम्म शेयर हालेका २९ सदस्य हुनुहुन्छ । संस्थाका अध्यक्ष मीरा चौधरीका अनुसार चालु आवमा २ अर्ब ५१ लाख ४१ हजार कर्जा लगानी गरीने कार्ययोजना छ ।
शुरुको कार्यक्रम झंगवाका प्रशिक्षक ऋषिराज जंगली हुनुहुन्छ । दाङमा जेसिज लगायत अनेक सामाजिक संघ संस्थाको शुरुवात गर्ने व्यक्तिको लहरमा रहनुभएका जंगली अहिले त्यो क्षण सम्झिंदा भावुक हुनुहुन्छ । त्यस बेलाका मेयर बुढाथोकीलाई एक हजार दिएकोमा धन्याबाद टक्राउनुहुन्छ । त्यो भन्दा पनि खुशी पानी परेको साँझमा कार्यक्रम स्थल पुगेकोमा देखिनु हुन्छ । ‘तुरुन्तै फर्किन्छु भनेका मेयर कलास नसकिंदासम्म बस्नुभयो’ जंगलीले भन्नुभयो, ‘राति अबेर भएपछि मात्रै उहाँलाई घर सम्म पुर्याउने व्यवस्था मिलाइएका थियौँ ।’ यसरी शुरु भएको हो यो संस्था ।

‘अर्को वर्ष झन च्यालेन्ज हुने छ’ आत्मनिर्भर लघुवित्त वित्तीय संस्था कार्यकारी अधिकृत सोगतविर चौधरी भन्नुहुन्छ, ‘संस्थाले एक करोड ० लाखको आइपिओ खोल्दैछ । त्यसबेला सम्म १ हजार शेयर धनि हुनुहुनेछ ।’ उहाँका अनुसार ठूलो हल चाहिने छ । धेरै टाढा टाढाबाट शेयर सदस्य आउनुहुने छ । शेयर खोल्नका लागि बैँकहरुसँग आवश्यक समन्वय भइसकेको छ ।

यसो त गत आर्थिक वर्षमा संस्थाले ३ करोड २५ लाख रुपैयाँ सरकारलाई राजश्वमात्रै तिरेको कार्यकारी अधिकृत चौधरीले बताउनुहुन्छ । करि २६ वर्षपछि एक हजारले यत्रो कर तिर्ने हैसियत बनाएको उहाँको दाबि छ । त्यसमा १५ वर्ष स्वयमसेवी सेवा गरेको बताउनुहुन्छ उहाँका अनुसार अहिले एक अरब ४० करोड रुपैयाँ छ । अहिल्यै ५ करोड रुपैयाँ भाखा नाघेको ऋण छ । ४० हजारले सेवाई पाइरहनुभएको छ ।

‘जुन बेला ग्रामिण महिला उत्थान केन्द्र शुरु गर्यौ यत्रो आर्जन गर्ने एक पैसा पनि सोचेका थिएनौँ’, उहाँले भन्नुभयो, ‘आत्मनिर्भर र शसक्त समाज निर्माण गर्ने मुख्य भिजन थियो साक्षी जंगली (प्रशिक्षक ऋषिराज) दाई हुनुहुन्छ ।’

उहाँका अनुसार नेपालमा हालेको प्रोपोजल भने सँधै फेल भए । विदेशी दातृ संस्थामा हालेको स्विकृत भए र रकम जति सबै उतैबाट आएको हो । त्यहि रकम र नेपालको कानून अनुसार काम गर्दै जाँदा वित्तीय संस्था बन्यो । यसरी घोराही नगरपालिकाको एक हजार सहयोगबाट शुरु भयो । अहिले २५ वर्षे जवानीमा पुग्दा राज्यलाई तिन करोड २५ लाख राजश्व दिएको छ । हजार लिएर करोड फिर्ता गरेको छ ।