• असार १८ २०८१, सोमबार

अब टन्टै साफ ! दिमागमा ‘चिप’ लगाएपछि औंला आफै भटटटट् चल्ने

माघ ९ २०७८, आईतवार

कम्प्युटरको आविष्कारले ल्याएको चमत्कारलाई यो वर्षभित्रै मानिसको दिमागमा ‘चिप’ राखेर अर्को चमत्कार दिइँदै छ । एलन मस्कको स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गरी त्यसलाई प्रयोगमा ल्याउने तयारी गरिरहेको छ ।

त्यो ‘चिप’ को सहयोगमा प्यारालाइसिस बिरामीहरुले समेत उनीहरुको दिमागभन्दा तीब्र गतिमा उनीहरुको औंलाले टाइप गर्न सक्ने छन् । त्यस्ता बिरामीले स्मार्ट फोन चलाउन सक्ने छन् । संसार अहिलेको भन्दा कता हो कता पुगिसक्ने छ ।

हुन त यतिसम्म पनि सक्ने देखिन्छ कि अहिलेका अनलाइन पत्रिका र सामाजिक सञ्जालमा नसोचेको परिवर्तन आउने छ । अहिले यिनै ‘चिप’को प्रयोग बाँदर र सुँगुरमा सफलतापूर्वक भैरहेको छ । दिमागमा ‘चिप’ प्रयोग गरिएका बाँदर र सुँगुरमा स्मार्टनेस देखा पर्ने गरेको छ ।

उनीहरुले डबल दिमाग भएको प्राणीका रुपमा आफ्नो स्वभावमा परिवर्तन देखाउन थालेका छन् । क्या गजब ! हो, यही न्युरालिंक प्रत्यारोपण सुनिश्चितताका लागि निकै तीव्र गतिमा काम भैरहेको मस्कले बताइरहेका छन् । यसका लागि मस्कको स्टार्टअप न्युरालिंक कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेटिभसँग सम्पर्क गरिरहेको छ ।

हाल प्रयोगको सिलसिलामा न्युरालिंकले बाँदरको मस्तिष्कमा एउटा वायरलेस इम्प्लान्ट गरेर सहजतामा काम गर्न दिँदा उक्त बाँदरले चिपजडित दिमागको मद्दतबाट भिडियो गेम बदली बदली मजासँग खेलेको थियो । यसअघि सुँगुरको दिमाग उक्त चिप परीक्षण गरिदा उसमा पनि स्मार्टनेस देखिएको थियो ।

सन् २०१६ मा मस्कले स्टार्टअप स्थापना गरेका थिए । हाल आएर ५ वर्षको अन्तरालमा यो चिपको परीक्षण बाँदर र सुँगुरमा सफलतापूर्वक परीक्षण पूरा भैसकेको छ । सो चिप अब क्लिनिकल ट्रायलका निम्ति हालिएको छ । उक्त ट्रायलपछि एक डाइरेक्टर नियुक्त गरेर चिपलाई मानव दिमागमा प्रयोग गरिने तयारी गरिएको छ ।

चिपको विज्ञापनमा क्लिनिकल ट्रायलका डाइरेक्टरले प्रतिभावान चिकित्सक, इन्जिनियरका साथै न्युरालिंकको पहिलो क्लिनिकल ट्रायलमा सहभागी व्यक्तिलाई अघि सारिएको उल्लेख गरिएको छ । डाइरेक्टरले क्यालिफोर्नियाको फ्रेमोन्टमा बसेर काम गर्ने पनि विज्ञापनमा खुलाइएको छ ।

यसको पहिलो प्राथमिकतामा प्यारालाइसिसका कारण नशाको समस्या भोगिरहेका मानिस पर्ने छन् । यो वर्षको अन्त्यसम्ममा मानव दिमागमा सो चिप प्रयोग गर्ने योजना रहेको स्वयम् मस्कले जानकारी दिएका छन् ।

(एजेन्सीको सहयोगमा)