काठमाडौं । मगर उत्थान समाज गोङ्गबु काठमाडौंको ९औं साधारण सभा तथा ५औं अधिवेशन सम्पन्न भएको छ ।
नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्र बहादुर पुनमगरको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट चन्द्रबहादुर थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ ।
अधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीहरुमा दुर्गाबहादुर गेलाङमगर उपाध्यक्ष, बुद्दिमाया पुनमगर सचिव, कान्तबहादुर थापामगर सहसचिव, निर्मला थापामगर कोषाध्यक्ष र टेकबहादुर रानामगर सहकोषाध्यक्ष रहेका छन् ।
त्यस्तै निर्वाचित सदस्यहरुमा सुन्दर आले, पुनम थापामगर, चोलामाया आलेमगर, कल्पना रानामगर र डम्बरबहादुर थापामगर रहेका छन् ।
संस्थाको अध्यक्षमा निर्वाचित भए लगत्तै अध्यक्ष चन्द्रबहादुर थापाले आफूलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी दिने सबैमा धन्यवाद व्यक्त गरे ।
उनले संस्था भित्रको आन्तरिक प्रतिष्पर्धामा कसैको पनि हार नभई सबैको विजय हुने कुरा बताए । अध्यक्ष थापाले भने,‘हामी संस्थाप्रति ऋणि छौं । आशा छ, संस्थालाई सवल, एकतावद्द र समृद्धिको बाटोमा लैजान सक्ने छौं । थापाले आफू र अन्य सदस्यले आफ्नो संस्थाको हितमा काम गर्ने समय सुरु भइसकेको बताए ।