• बैशाख १७ २०८२, बुधबार

संविधानको भावना र मर्म अनुसार सबै तहको निर्वाचन हुनुपर्छ : प्रकाशमान सिंह

माघ ८ २०७८, शनिबार

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको भावना र मर्म अनुसार सबै तहको निर्वाचन हुनुपर्ने बताएका छन् । डा.मिता सिंहद्वारा लिखित गणेशमान सिंहको संघर्ष बिषय पुस्तक विमोचनपछि आफ्नै निवास चाक्सीबारीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले संविधानको व्यवस्था अनुसार नै स्थानीय तह लगाएत अन्य तहको निर्वाचन हुनुपर्ने बताएका हुन् ।

‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै काम मध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’

उनले निर्वाचनलाई पर धकेलेर स्थानीय तहलाई पदाधिकारीविहीन बनाउन नहुने धारणा पनि राखे ।