• बैशाख १७ २०८२, बुधबार

मन्त्री यादवको अभिव्यक्तिप्रति जनमोर्चाको आपत्ति

माघ ८ २०७८, शनिबार

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
शनिबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी  मन्त्री यादवको अभिव्यक्तिप्रति विरोध जनाएका हुन्।

‘राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन, सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव्यक्ति दिनु सही होइन, हामीले मन्त्री यादवको त्यस प्रकारको अभिव्यक्तिको विरोध र भर्त्सना गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्री यादवले रौतहटमा एक सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई लक्षित गर्दै हिंसा भड्काउने अभिव्यक्ति दिएकी थिइन् ।