• बैशाख १७ २०८२, बुधबार

मुम्बईको २० तले भवनमा आगलागी, ७ जनाको मृत्यु

माघ ८ २०७८, शनिबार

काठमाडौँ। भारतको मुम्बईमा २० तले भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । मुम्बईको तारदेव भाटिया अस्पताल नजिकै रहेको २० तले भवनको १८ औं तलामा शनिबार बिहान आगलागी भएको हो।

आगालीमा परेर घाइते भएका २८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिले उद्धारको कार्य चलिरहेको बताइएको छ।

अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन।