• बैशाख १७ २०८२, बुधबार

पेट्रेलियम पदार्थको मूल्य वृद्धिको विरोधमा मसाल जुलुस प्रदर्शन

माघ ७ २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियूका कार्यकर्ताहरूले पेट्रेलियम पदार्थको मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् ।

शुक्रबार साँझ राजधानीको प्रदर्शनी मार्गमा सो संगठनको आरआर इकाई कमिटीको आयोजनमा मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको हो ।

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडिबाट निकालिएको मसाल जुलुस प्रदर्शनका क्रममा अखिलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत परेको थियो ।