• फाल्गुन ३० २०८२, शनिबार

चितुवाको छाला र हतियार सहित समातिए थापा

माघ ७ २०७८, शुक्रबार

कास्की । प्रहरीले प्रहरीले चितुवाको छाला  जस्तो देखिने छाला, दाँत र विभिन्न हतियार सहित एकजनालाई पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको समूहले पोखरा महानगरपालिका २२ पुम्दिभुम्दीका २८ वर्षीय खोबहादुर थापालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार थापाले अवैध रुपमा वन्यजन्तुको छाला घरमा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा चितुवाको जस्तो देखिने छाला १ थान, २ वटा दाह्रा सहितको दाँतको भागको टुक्रा १ थान, दुईनाले कार्तुस बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने प्रयोग भइसकेको खालि खोका ४५ थान, धातुका छर्रा १ सय ९१ थान, बारुद ३ सय १५ ग्राम, धातुका सानो छर्रा १ सय ५० ग्राम, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको डल्लो पदार्थ २ किलो ९ सय ५ ग्राम र सानो पटाका रहेको रातो रंगको पत्ता १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

थापामाथि जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।