• मंसिर १२ २०८१, बुधबार

हिउँपरेपछि सेताम्य सहारा

माघ ७ २०७८, शुक्रबार

काठमाडौं । सहारा मरूभूमिमा हरेक वर्षजसो हिउँ पर्न थालेको छ । सन् २०१६ बाट पर्न थालेको हिउँ हरेक वर्ष पर्न थालेपछि मानिस आश्चर्य चकित हुन थालेका छन् । सहारा संसारकै सबैभन्दा ठूलो तातो मरूभूमि हो ।

यो वर्षको हिउँदमा पनि सहारा मरुभूमिमा हिउँ परेको छ । पश्चिम अफ्रिकास्थित यो विसाल मरुभूमि ९२ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो सिंगो मरुभूमिमा हिउँ त पर्न सकेको छैन । तर यसको केही भागमा भने हालैका वर्षहरुमा निरन्तर हिउँ पर्ने गरिरहेको छ ।

सेताम्य हिमाल, पहाड, रुखविरुवा, घासे मैदान आदिमा हिउँ पर्दा जति प्राकृतिक देखिन्छ, मानिसको दृष्टिमा मरुभूमिमा हिउँ परेको अप्राकृतिक र नमिलेको भान हुन्छ । यसले मानिसलाई सोच्ने बनाएको छ ।

विश्व जलवायु परिवर्तनका कारण पृथ्वीमा यस्ता अनेक प्राकृतिक विरोधी काम प्रकृतिबाटै पो भैरहेको हो कि भन्ने बनाएको छ । किनकि मरूभूमिको बालुवामा हिउँ पर्नु आफैमा प्रकृतिमैत्री हुन सक्दैन ।

यो वायुुमण्डलीय चक्र तथा गतिविधिको आजसम्म हुँदै आएको निस्चित प्रणालीमा हुन थालेको फेरबदलको परिणाम हो ।

हालसम्मको रेकर्डअनुसार सहारामा सबैभन्दा पहिले हिउँ परेको सन् १९७९ को वर्षलाई मानिएको छ । त्यसपछिको वर्ष भनेको सन् २०१६ नै हो । त्यहाँदेखि त हरेक वर्ष लगातार हिउँ परिरहेको छ ।

त्यसमा पनि सन् २०१७, २०१८, २०२१ को हिउँदमा सहारामा ठूलै क्षेत्र ढाक्ने गरी हिउँ पर्दै आएको छ ।

(एजेन्सीको सहयोगमा)