• मंसिर १८ २०८१, मंगलवार

काठमाडौंबाट नक्कली मह बनाउने उपकरण सहित १ जना पक्राउ

माघ ७ २०७८, शुक्रबार

काठमाडौँ । काठमाडौँको मुख्य व्यापायारीक केन्द्र मानिने ठमेलको ज्याठाबाट प्रहरीले नक्कली मह बनाएर बिक्रि वितरण गर्दै आएका भनेर एकजना प्याकेजिङ कम्पनीका संचालकलाई प्रक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले विशेष सूचनाको आधारमा निजलाई पक्राउ गरेको बताएको छ ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ६ स्थायी घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर २७ ज्याठा बस्ने नरेश नामले चिनिने नरबहादुर श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले गिरफ्तार गरेको हो । श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने विभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहीन (७६००) केजी तयारी तथा कच्चा मह समेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाएको अपराध महाशाखाले उल्लेख गरेको छ ।

श्रेष्ठले विगत ७ वर्षदेखि श्रीमती रश्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएको भनेर प्रहरीले आरोप लगाएको छ ।

अपराध महाशाखाको अनुसन्धानबाट महाशाखाले निम्न कुराहरु पत्ता लगाएको बताएको छ ।

१) श्रेष्ठले नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री वितरण गर्ने गरेका थिए । २) उनले गुणस्तरहीन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री वितरण गर्ने गरेका थिए । ३) उनले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन मह बनाई प्रतिकेजी रु. ६५०।– मा बिक्री बितरण गर्दै आएको बुझिएको छ । ४) उनले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको देखिएको छैन । ५) साथै गुणस्तरहीन मह बनाउनको लागि ३०% ग्लुकोज, ३०%  चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको पाइएको छ । ६) उक्त स्पर्स हनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौंमा परिक्षण गर्दा HMF र F/G ratio को मात्र नेपाल सरकारको लागि तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको भनि खुलेको छ ।

पक्राउ परेका श्रेष्ठबाट प्रहरीले निम्न समानहरु समेत बरामद गरेको बताएको छ ।
१) गुणस्तरहीन तयारी मह ६०० केजी ।
२) कच्चा तथा गुणस्तरहीन मह ६५०० केजी ।
३) ग्लुकोज ५०० केजी ।
४) चिनी १०० केजी ।
५) ध्भष्नजत मेसिन थान–१ ।
६) लेभल मेसिन थान–१
७) सिल मेसिन थान–१
८) पेट्राइज मेसिन थान–१
९) स्टोरेज मेसिन थान–१ ।
१०) स्पर्स हनीका लेभलहरु (स्टिकर) ।
११) पेट जार अ. १००० थान ।
काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भागमा नक्कली एवम् गुणस्तरहीन मह बिक्री वितरण भैरहेको पाइएकोले त्यसतर्फ सजग एवं सचेत रहन उपभोक्ताहरुलाई महानगरीय अपराध महाशाखाले अपिल गरेको छ ।