• फाल्गुन ३० २०८२, शनिबार

भोलिदेखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली शुरु हुने

माघ ६ २०७८, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यकामा जारी स्मार्ट लकडाउनलाई थप परिमार्जन गर्दै शुक्रबारबाट यातायातका साधनमा जोरबिजोर प्रणाली लागु गरिने भएको छ।

बिहीबार सम्पन्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि यतायातका साधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी यातायातका साधनहरुमा जोरबिजोर प्रणााली लागू गरिएको हो।