चितवन । चितवनमा प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रवक्ता एवम् डिएसपी नरहरि अधिकारीका अनुसार जिल्लाको खैरहनी नगरपालिका ३ घर भई हाल भरतपुर महानगरपालिका ३ मा डेरा गरी बस्ने २५ वषीया पबिता घतानी र राप्ती नगरपालिका ७ बस्ने २७ वर्षका गगन लाल तामाङ रहेका छन् ।
उनीहरुको साथबाट नक्कली नेपाली एक हजारको १० वटा नोट, एमआई कम्पनिको मोबाईल १ थान, एचपी कम्पनिको ल्यापटप १ थान र गगनलाल तामाङको सौर्य दैनिक प्रेस कार्ड बरामद भएको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।
प्रवक्ता अधिकारीका अनुसार माघ ४ गते बिहान भरतपुर महानगरपालिका ३ बेलचोकमा रहेको फेन्सी पसलमा कपडा खरिद गर्न आएकी पबिता घतानीले कपडा खरिद गरेपछी दिएको नोट नक्कली भएको भन्ने सूचनाको आधारमा प्रहरी घतानीलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनको साथबाट नक्कली एक हजारको नेपाली नोट १० वटा नोट वरामद पारेको हो । उक्त घटनामा संलग्न रहेका गगनलाल तामाङलाई समेत सोही दिन नियन्त्रणमा लिई उनीहरु बसेको होटलबाट सामान बरामद भएको हो ।