काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षाहरु स्थगित गरेको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै माघ मसान्तसम्मका लागि सबै लिखित परीक्षाहरु स्थगित गरेको हो ।
कोरोना संक्रमण बढेपछि आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।
माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।
देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।
त्रिभुवन विश्वविद्यालयले पनि सबै परीक्षा स्थगित गरेको छ ।