• मंसिर १३ २०८१, बिहीबार

उपत्यकामा आज मात्रै थपिए झण्डै ७ हजार कोरोना संक्रमित

माघ ६ २०७८, बिहीबार

काठमाडौं । काठमाडौँ उपत्यकामा एकै दिन ६ हजार ९८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकका अनुसार काठमाडौँमा ५ हजार १, ललितपुरमा १ हजार १३० तथा भक्तपुरमा ८५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बुधबारको तुलनामा सङ्क्रमण दर भने थोरैले घटेको छ । बुधबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण दर ५२।६ प्रतिशत रहेकोमा बिहीबार यो घटेर ४७.९ प्रतिशत पुगेको छ । एन्टिजेन परीक्षणमा भने सङ्क्रमण दर ३४.७ प्रतिशतबाट बढेर ३५.२ प्रतिशत पुगेको छ । देशभर १२ हजार ३३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २ हजार २८६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६४९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १८ हजार ८०९ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, थप २ लाख ३४ हजार २१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६३२ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।