अन्जना सुवेदी । रोजगारीका लागि दक्षिण कोरियामा रहेका राप्तीक्षेत्रका युवाहरुको साझा संगठन राप्ती समाज दक्षिण कोरियाले दाङका ओमप्रकाश केसीको उपचारका लागि सहयोगको अपील गरेको छ ।
दक्षिण कोरियामा रहेका केसीलाई बोन म्यारो ट्रान्सप्लान्ट (मासी पविर्तन) गर्नुपर्ने रोगका कारण उहीँ उनको उपचार भइरहेको छ ।
अस्पतालले दिएको जानकारी अनुसार उनको उपचारमा पचास लाख जति नेपाली रुपैयाँ लाग्न सक्नेछ । तर केसीसँग त्यति ठूलो पैमानामा रकम नभएका कारण रकम संकलन गर्नुपर्ने भन्दै राप्ती समाज दक्षिण कोरियाले केसीको उपचारका लागि सक्दो सहयोग गर्न अपील गरेको हो ।