• मंसिर ९ २०८१, आईतवार

बरामद गरेको रकम कहाँ जान्छ, किन स्रोत खुलाउन मान्दैन प्रहरी ?

माघ ६ २०७८, बिहीबार

काठमाडौं । प्रहरीले बरामद गरेको स्रोत नखुलेका रकम सरकारको धरौटी खातामा जम्मा हुन्छ । राजस्व छली र हुण्डी कारोबारको रकम छ भने राजस्व अनुसन्धान विभागमा जान्छ ।

क्रस बोर्डरमा बरामद रकम हो भने भन्सारमा जान्छ । यस्तै, स्रोत नखुलेका रकम देखिए सम्पत्ति शुद्धीकरणमा जान्छ ।

अनुसन्धान अधिकृतका अनुसार प्रहरीले प्रक्राउ गरेका व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त रकमको स्रोतको खोजी गर्छ । बरामद रकम गैरकानुनी ठहरेको अवस्थामा विभागले अदालतमा मुद्दा अगाडि बढाउछ । स्रोत नखुलेका प्रमाण जुटाउने काम पनि विभागकै हो ।’

नेपाल प्रहरी प्रवक्ता डीआईजी विष्णुकुमार केसीका अनुसार कानुनसम्मत गरेका कामबाट प्राप्त रकमको स्रोत खुलेको हुन्छ । यस्तो रकम प्रहरीले बरामद गर्न मिल्दैन । ‘

कानुनअनुसार सम्पत्ति आर्जन गर्ने अधिकार नेपाली नागरिकलाई छ । मानिसले जति पैसा कमाउँछ, ओसारपसार गर्छ त्यसको आधिकारिक स्रोत खुलेकै हुनुपर्छ,’ केसीले भने, ‘सरकारले तोकेको मापदण्ड मिचेर भइरहेको कारोबारबाट बरामद भएको रकम गैरकानुनी ठहर्छ । आफ्नो हरेक काम तथा व्यापार व्यवसायलाई कानुनसम्मत बनाउन अनुरोध छ ।’

प्रहरीले विशेष सूचना तथा शंकाका आधारमा यस्तो रकम बरामद हुने गरेको केसीले बताए । उनले भने, ‘कानुनी रूपमा वैध रकम छ भने जति पैसा बोक्न पनि समस्या छैन ।

प्रहरीले अनुसन्धान गर्दा आधिकारिक स्रोत बताउन जरुरी छ । प्रहरीले बरामद गरेको स्रोत नखुलेका रकम राजस्वमा जाने गर्छ ।’ यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।