• बैशाख १७ २०८२, बुधबार

बजारमा औषधीको अभाव हुन नदिन प्रधानमन्त्री देउवाको निर्देशन

माघ ५ २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा औषधीको अभाव हुन नदिन गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदाश वैरागीलाई बोलाएर सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यसको अभावको विषयबारे अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका थिए ।

त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो ।