• मंसिर १३ २०८१, बिहीबार

कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी अवस्थामा रहनु :  जुम्ला प्रशासन कार्यालय

माघ ५ २०७८, बुधबार

जुम्ला । जुम्ला प्रशासन कार्यालयले कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न तयारी अवस्थामा रहन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको टोलीले निर्देशन दिएको हो । जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेकाले प्रतिष्ठानलाई तयारी अवस्थामा रहन निर्देशन दिएकी हुन् ।

कोरोनाको तेस्रो लहर भारतलगायत नेपालमा पनि तीव्र गतिमा फैलिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई निर्देशन दिएकाले सोही निर्देशन अनुरूप आफूले प्रतिष्ठानका कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताएकी छन् ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै प्रतिष्ठानलाई तयारी अवस्थामा रहन अनुरोध गरेका हुन् ।

प्रतिष्ठानका १ सय २० वटा आइसोलेसन बेड तयारी रहेको उनले बताएका छन् ।

जिल्ला प्रशासन र जिल्ला समन्वय समितिले कोरोनाको तेस्रो लहर संक्रमण कम गर्नका लागी जुम्लाको एअरपोर्टमा हेल्थ डेक्स राख्ने निर्णय गरिएको छ ।