काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरक्षा मापदण्डको थप व्यवस्था गरेको छ ।
कोरोना भाइरसको तेस्रो भेरियन्ट तीव्र गतिमा फैलिएसँगै गर्दै यस्तो व्यवस्था गरेको हो । मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट तथा सार्वजनिकस्थलमा प्रवेश निषेध गरिने भएको छ ।
बुधबार सुरक्षा मापदण्डको थप निर्देशन जारी गर्दै कार्यालयले होटल, रेष्टुरेन्टमा सिमित व्यक्तिलाई मात्र राखेर कम्तिमा दुई मिटरको सामाजिक दूरीमा सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ । होटलमा मास्क तथा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न र मास्क नलगाउनेलाई प्रवेश निषेध गर्न समेत मन्त्रालयले भनेको छ ।
यदि कसैले मास्क नलगाई आएमा त्यस्ता व्यक्तिलाई बढीमा पाँच रुपैयाँसम्म लिएर मास्क उपलब्ध गराउन समेत सम्बन्धित संस्था तथा होटललाई मन्त्रिपरिषद कार्यालयले भनेको छ ।