• बैशाख ५ २०८२, शुक्रबार

काठमाडौंका विद्यार्थीले गरे परिक्षा बहिष्कार

माघ ५ २०७८, बुधबार

काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेका कान्तिपुर इन्टरनेशनल कलेजमा रहेको परीक्षा केन्द्रमा विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । बानेश्वरको चक्रवर्ती हबि कलेल र काठमाडौं स्कूल अफ ल नयाँ ठिमीका बिए एलएलबीका परीक्षार्थीले कोभिड सुरक्षा मापदण्ड पालना नभएको भन्दै परीक्षा बहिष्कार गरेका हुन् ।

विद्यार्थीहरुले कोभिड संक्रमण बढ्दै गएकोले अनलाइन विधिबाट लिनुपर्ने माग गर्दै विरोध गरेका हुन् । १ सय ४६ जना विद्यार्थीमा बीस पच्चिस जना विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका थिए । बाँकी विद्यार्थीहरुले क्याम्पस बाहिर विरोध प्रर्दशन गरेपछि पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा स्थगित गरेको जनाइएको छ ।

विश्वविद्यालयको भीसीले यसअघि अनलाइन विधिबाट परीक्षा लिने बताएपनि कोभिड संक्रमण बढेका बेला भौतिक रुपमा परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । विद्यार्थीको प्रर्दशन नियन्त्रण लिने क्रममा केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।