काठमाडौं । इन्डोनेसियाको संसदबाट सो देशको राजधानी सार्ने कानुन पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो ।
यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धिको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ ।
इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहंदै आएको थियो ।
राजधानी सार्ने सम्बन्धी अवधारणा विगतमा केही पूर्वराष्ट्रपतिहरुले पनि उठाउँदै आउनु भएको थियो । जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनु लगायतका कारणले राजधानी सार्नुपर्ने आवाज उठेको थियो ।
राजधानी सार्न थालिएको ठाउँ नुसान्तारा सहर झण्डै दुई लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिन्छ ।
यो ठाउँको छनौट भने पूर्वराष्ट्रपति जोकोवीले छनौट गर्नु भएको राष्ट्रिय विकास तथा योजना मन्त्री सुहार्सो मोनोअर्राफले जानकारी दिनुभयो ।
इन्डोनेसियामा आफैमा विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक हो । इन्डोनेसियामा अहिले २७ करोड भन्दा बढी जनसङ्ख्या रहेको छ ।