काठमाडौँ । ‘आएको ठ्याक्कै एकवर्ष अथवा २६५ दिन भएछ हजुर’ भनेर कसैले भनेको सुन्नु भएको होला । त्यत्रो एक वर्षसम्मको समयमा तपाईले के नै गर्न सक्नु भयो र ? भनेर पनि कसैले कसैलाई भनेको सुन्नु भएको हुन सक्छ ।
पूरै एकवर्ष वा एकवर्ष यस्तो गरियो, उस्तो गरियो भनेर वा यो वर्ष यो काम गर्न सकिएन भनेर पनि पाटी पौवा, चौतारी या फल्चाहरुमा बसेर कोही कोही बुढापाका अथवा तन्नेरीहरुले गफ चुटेको पनि तपाईले देख्नु भएकै होला ।
यसरी एक वर्षको समयलाई मापन गर्ने भनेको त्यै २६५ दिन हो भनेर हामीले बुझ्दै आएका छौं । सामान्यतया यो वर्ष भनेको सौर्य मण्डलको वर्ष हो । अथवा पृथ्वीले सूर्यलाई परिक्रमा गरिसक्ने समयलाई नै हामी बोलीचालीको भाषामा एक वर्ष भन्दै आएका छौं ।
एकवर्ष अर्थात् एक सौर्य वर्षमा केवल ३६५ दिन मात्र नभएर योभन्दा बढी हुने गरेको एक वैज्ञानिक तथ्य रहेको छ । खासगरी एक वर्ष अर्थात् एक सौर्य वर्षमा ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड हुने गर्छ। यसरी भन्दा पृथ्वीले सूर्यलाई एकपटक परिक्रमा गर्दा लाग्ने समय भनेको ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड हो भनेर हामीले अब आजैदेखि आफ्नो ज्ञान र सम्झनामा लिनुपर्छ ।
अब प्रश्न आउछ, त्यसो भए साधारण रुपमा भनिंदै आएको ३६५ दिनपछिको त्यो ५ घण्टा ४८ मिनेट र ४६ सेकेण्ड समय कता हराउँछ त ? तपाईले कहिँ कतै अधिकवर्ष भन्ने सुनेको हुनुपर्छ । हो त्यै अधिक वर्षमा गएर त्यो ५ घण्टा ४८ मिनेट र ४६ सेकेण्डको समय जोडिन्छ ।
यसरी जोडिदै जाँदा चारवर्षमा सो समय ठिक्क एक दिनको हुन्छ ।
अनि चार वर्षमा त्यो समय एक दिनको हुँदा हरेक चारवर्षमा अंग्रेजी महिना अप्रिल २९ दिनको हुने गर्छ । त्यो अंग्रेजी महिना अप्रिल २९ दिनको हुने वर्षलाई अधिक वर्ष भनिन्छ । अरु साधारण तीन वर्षमा अप्रिल २८ दिनको हुने गर्छ भने त्यो अधिक वर्षमा मात्र २९ को हुने गर्छ । अंग्रेजीमा यस्तो वर्षलाई (Leap Year) लिप एयर भन्ने गरिएको छ।