काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुङ्गा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका-१ बस्ने २६ वर्षीय सुमन पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पक्राउ गरेको हो ।
उनीमाथि वीरगन्ज–१३ तेजारथ टोलमा रहेको मुख्यमन्त्री यादवको निजी निवासमा ढुङ्गा हानेको आरोप छ।
प्रदेश नम्बर २ को नाम मधेस प्रदेश र राजधानी जनकपुर राख्ने निर्णय गरेको विरोधमा प्रदर्शन गर्ने क्रममा पटेलले मुख्यमन्त्री राउतको निवासमा ढुङ्गा हानेको कार्यालयले जनाएको छ।
ढुङ्गा प्रहारबाट निवासको दुई वटा सिसा समेत फुटेको जनाएको प्रहरीले उनीमाथि आपराधिक उपद्रसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको बताएको छ।