• बैशाख १७ २०८२, बुधबार

बर्जु महोत्सवमा स्टेज तोडफोड,४ स्करपिओमा आगजनी

माघ ४ २०७८, मंगलवार

सुनसरी । बर्जु महोत्सवमा स्टेज तोडफोड गरिएको छ । पुस २३ गतेदेखि जारी महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल यादवलाई ल्याउने भन्दै मेला आयोजक समितिले अग्रिम टिकट बिक्री गरेको थियो ।

तर स्थानीय प्रशासनले आफ्नो निर्देशन विपरित महोत्सव गरेको भन्दै कलाकार यादवलाई नआउन आग्रह गरेपछि आक्रोशित बनेको भिडले स्टेज तोडफोड गरेको हो । महोत्सव स्थलमा रहेको चारवटा स्करपियोमा आगजनी गरेको हो । स्थानीय प्रशासनले महोत्सव रोक्नका लागि यसअघि नै निर्देशन दिएको थियो । तर आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले मेला रोक्न अटेर गरेको थियो । महोत्सवमा अत्याधिक भीड देखिएपछि स्थानीय प्रशासनले खेसरीलाललाई महोत्सवमा जान नदिई विराटनगरको होटल एसियाटिकमा रोकेर राखेको थियो ।

खेसरीलाल नपुगेपछि आक्रोशित भीडले स्टेज तोडफोड गर्दै ४ स्करपिओमा आगजनी गरेको प्रहरीले जनाएको छ । तोडफोड र आगजनीपछि बर्जु क्षेत्रको मंगलबार दिउँसो तनावग्रस्त बनेको बर्जु गाउँपालिका– ६ का वडाध्यक्ष विनोदकुमार चौधरीले बताए ।