• बैशाख १७ २०८२, बुधबार

अत्यावश्यकबाहेक राहदानी वितरण बन्द

माघ ४ २०७८, मंगलवार

काठमाडौं । राहदानी विभागले आफ्नो केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको छ ।

विभागले सूचना जारी गर्दै विदेश जानुपर्ने महत्वपूर्ण कारणका आधारमा राहदानी जारी गर्ने जनाएको छ ।

‘विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवाबाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवासम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ,’ विभागको सूचनामा उल्लेख छ ।

अत्यावश्यक वा गम्भीर कारणले विदेश जानुपर्नेहरूलाई मात्रै राहदानी दिइने विभागका प्रवक्ता शरदराज आरनले जानकारी दिए।