• बैशाख १७ २०८२, बुधबार

१८ माघसम्म सेवा संकुचन गर्ने फुलकोर्टको निर्णय

माघ ४ २०७८, मंगलवार

काठमाडौँ। सर्वाेच्च अदालतकाे फुलकोर्टले १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको फुलकोर्टको बैठकले कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा संकुचन गर्ने निर्णय गरेको हो ।

न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना संक्रमण देखिएपछि सोमबार बसेको बैठकले सेवा संकुचन गर्ने निर्णय गरेको सर्वाेच्चले जनाएको छ।

अब सर्वोच्चले ६ प्रकारका सेवा मात्रै दिनेछ । जसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड-१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुने, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारवाही नियमित रुपमा सञ्चालन गर्ने, फौजदारी मुद्दामा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदनमा सुनुवाइ हुने, थुनुवा भएका मुद्दाको सुनुवाई गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका मुद्दाको सुनुवाई गर्नेलगायत रहेका छन् ।