• बैशाख १७ २०८२, बुधबार

‘भीड नियन्त्रण होस्, हामी लकडाउनको पक्षमा छैनौं’

माघ ४ २०७८, मंगलवार

काठमाडौँ। स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् ।

संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा स्वास्थ्य सचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । भीड नियन्त्रण हामीले मात्रै गर्न सकिँदैन । भीड नियन्त्रण होस् ‘ । स्वास्थ्य सचिव पोखरेलले भने, स्वास्थ्य मन्त्रालय लडकडाउनको विरुद्धमा छ।’

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिन थालेपछि सरकारले रोकथामका लागि कडाइ गरेको छ ।