• बैशाख १६ २०८२, मंगलवार

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

माघ ४ २०७८, मंगलवार

काठमाडौँ। सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठक आज बिहान करिब १० बजेदेखि सुरु भएको हो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्व रहेको उच्चस्तरीय समन्वय समिति बैठकमा स्थानीय तहको निर्वाचनका सम्बन्धमा छलफल केन्द्रीत रहेको स्रोतले जनाएको छ। यससँगै मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागीता रहेको छ ।

यसअघि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो।