• मंसिर ७ २०८१, शुक्रबार

रुसले उडायो संसारकै गह्रौं ‘सेतो हाँस’, अमेरिका थप उत्तेजित हुने सम्भावना

माघ ३ २०७८, सोमबार

काठमाडौं । रुसले विज्ञान र प्रविधिको क्षेत्रमा निकै प्रगति गर्दै गएको छ । प्रविधिको विकासको क्षेत्रमा अमेरिकालाई टक्कर दिंदै आएको रुसले यसपटक संसारकै गह्रौं लडाकू विमान बनाएको छ ।

टुपोलेव पब्लिक जोइन्ट स्टक कम्पनीको टीयूू–१६० एम बम्बर सुपरसोनिक लडाकू विमानले पहिलो पटक उडान भरेको छ । यो संसारको सबैभन्दा गह्रौं सुपरसोनिक विमान हो । रुसले यो मिसाइल हमला गर्न पनि सक्षम रहेको दावी गरेको छ । रुसी सेनाको पाइलटले यसको उपनाम ‘ह्वाइट स्वान’ अर्थात् सेतो हाँस राखिएको छ ।

रुसी संचारमाध्यम रोसटेकले एक प्रेस वक्तव्य जारी गर्दै जनवरी १२ मा पहिलो पटक विकसित गरिएको टुपोलेभ टीयू–१६० एम स्ट्र्याटेजिक मिसाइल क्यापाबिलिटीले टुपोलेभ सब्सिडियरी कजान एभियसन इन्टरप्राइजबाट उडान भरेको जनाएको छ ।

भर्खर बनाइएको सो लडाकू विमानले ६०० मीटरको उचाइमा ३० मिनेटसम्मको उडान भरेको थियो । यसमा जडित उपकरण ८० प्रतिशतसम्म आधुनिक र अपग्रेडेड छ । यो परमाणु र अन्य पारम्परिक हतियार भन्दा पनि टाढाको क्षेत्र सम्म हमला गर्न सक्षम रहेको बताइएको छ ।

यो विमान यस्तो समयमा सार्वजनिक भएको छ, जतिबेला अमेरिका सीमाबाट आफ्ना सैनिकलाई पछि हट्नका लागि दबाब दिइरहेको छ । रुसले युक्रेनको सीमामा आफ्नो सैनिक तैनाथ गरिरहेको छ । मिसाइल क्षमताबाट सु–सज्जित सुपरसोनिक बम्बर टीयू–१६०एम र टीयू९५एमएसलाई रुसी वायुसेनाको ठूलो शक्ति मानिँदै आएको छ ।

अमेरिका र रुसबीच युक्रेनको विषयलाई लिएर तनाव चलिरहेको छ । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आशंका व्यक्त गर्दै आएको छ । यद्यपि रुसले भने हमला गर्ने कुनै इच्छा नभएको बताइसकेको छ ।