• बैशाख १६ २०८२, मंगलवार

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

माघ ३ २०७८, सोमबार

काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । तर सम्बोधनको मिति र समय भने तय भइनसकेको बालुवाटार स्रोतले जनाएको छ ।

सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । ‘एक-दुई दिनमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने, ‘त्यसको तयारी भइरहेको छ ।’

प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ। गत असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।