• बैशाख १६ २०८२, मंगलवार

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

माघ ३ २०७८, सोमबार

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण भएको छ।

मन्त्री आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको हो।

मन्त्री आलेका साथै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।

मन्त्री आलेको सचिवालयले पछिल्ला दिन आफ्ना सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह पनि गरेको छ।