• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

माघ २ २०७८, आईतवार

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १५ हजार १३१ नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थप तीन संक्रमितको मृत्यु भएको छ । मुलुकभर हाल २५ हजार ६८० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।