काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले अवस्था सामान्य रहेको उनले बताएका छन् ।
उनले गत केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न आग्रह गरेका छन्।