• फाल्गुन ३० २०८२, शनिबार

सिनेमा हल र जिमहल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

माघ २ २०७८, आईतवार

काठमाडौँ। कोरोना महामारीको तेस्रो लहर फैलदै गएपछि सरकारले सिनेमा हल र जिम बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्राकृतिक स्रोत बाँडफाड गर्ने निर्णयसमेत गरेको छ । प्रवक्ता कार्कीका अनुसार विभिन्न विद्युत आयोजनाको क्षतिपूर्ति निर्धाणका निम्ति समिति गठन गर्ने निर्णयसमेत सरकारले गरेको छ ।