काठमाडौँ। काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको जहाज पुनः काठमाडौंमै फर्काइएको छ । आइतबार बिहान १० बजे उडेको विमानमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौँ अवतरण गराइएको हो।
अहिले जहाजको प्राविधिक जाँच भइरहेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ। सो जहाजमा प्राविधिक समस्या देखिएपछि गुणकै अर्को जहाजमा ती यात्रुहरुलाई पोखरा पठाउने तयारी गरिएको छ ।
सो जहाजको आज बिहान करिब साढे ८ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर डिले भएर करिब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो ।