• बैशाख १६ २०८२, मंगलवार

भोलि बस्ने भनिएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

माघ २ २०७८, आईतवार

काठमाडौँ। राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका छन्।

यसअघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित भएपछि माघ ३ गते बस्ने तय भएको थियो।