• बैशाख १६ २०८२, मंगलवार

धर्मशालाको निरीक्षण गर्न मन्त्री आले पशुपतिमा

माघ २ २०७८, आईतवार

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पशुपति धर्मशालाको निरीक्षण गर्न पुगेका छन् । बतास अर्गनाइजेसनले सञ्चालन गरिरहेको धर्मशालाको निरीक्षण गर्न मन्त्री आले आज (आइतबार ) त्यहाँ पुगेका हुन् ।

सोही क्रममा संक्षिप्त कुराकानी गर्दै मन्त्री आलेले महँगो भाडा लिएर होटल सञ्चालन भएको भन्ने कुरा आएपछि आफू यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको स्पष्ट पारे । सबै कुरा बुझिसकेपछि मात्रै आफूले आवश्यक निर्णय लिने उनको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषसँग मिलेर बतास समूहले १९ रोपनी जग्गामा ३४ करोड लागतको ८८ कोठे धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ।