काठमाडौं । कोरोना भाइरस संक्रमण पुन: फैलिएसंगै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज)को महाधिवेशन सरेको छ । माघ ७ र ८ गते चितवनको सौराहमा गर्ने तय भएको महाधिवेशन एक महिना पछि सारिएको फोनिजका महासचिव मनोज घर्ति मगरले जानकारी दिए।
कोरोना संक्रमण दिन प्रतिदिन बढेसँगै सरकारले पुस २६ गते जारी गरेको १८ बुँदे आदेश अनुसार २५ जना भन्दा बढी भेला हुन नपाउने र कुनैपनि गोष्टी,सेमिनारलगायत सामाजिक क्रियाकलाप नगर्नु भन्ने आदेश जारी गरेसंगै हिजो बिहीबार साँझ बसेको फोनिज संघीय समितिको भर्चुअल बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले जारी गरेको आदेश पालना गर्दै महाधिवेशनको मिति सार्ने निर्णय गरिएको घर्तीले बताए।
कोरोना संक्रमणमा नियन्त्रण हुँदै गएमा आगामी फागुन ७ गते महाधिवेशन गर्ने फोनिजले जनाएको छ।